भिजिट भिषामा दुबई लगेर मानव बेचबिखन गर्न खोज्ने पक्राउ

Posted on: 05 Jan, 2021

पुस २१,काठमाडौँ | भिजिट भिषामा दुबई लगेर मानव बेचबिखन गर्न खोज्ने फरार प्रतिवादी पक्राउ परेका छन् | मंगलबार प्रहरीले काठमाडौं महानगरपालिका-७ चाबहिल बस्ने महोत्तरी खयरमारा घर भएका मङ्गले तामाङ भन्ने ३५ वर्षीय जित बहादुर भुजेललाई पक्राउ गरेको हो | 

उनले ३५ वर्षीय पुरुषलाई घरायसी कामको लागि दुबई लैजाने भन्दै ललाई फकाई राहदानी बनाउन लगाएर बैशाख २७ गते २०७३ मा एक जना अपरिचित व्यक्तिको साथमा काठमाडौंस्थित विमानस्थलभित्र पठाएका थिए |

प्रहरीका अनुसार राहदानी जाँच गर्ने क्रममा उनलाई घरायसी काममा नभई झुक्यानमा पारी भिजिट भिषामा लगेर दुबईमा बेचबिखन गर्न लागेको खुलेको हो | ती व्यक्तिको खोजी तथा अनुसन्धान गर्ने क्रममा प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान व्यूरोबाट खटिएको प्रहरीले उनलाई काठमाडौं सुकेधाराबाट पक्राउ गरेको छ |

उनीमाथि जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!