नक्कली पिसिआर रिपोर्ट बनाएर दुबई जानलागेका ७ जना त्रिभुवन विमानस्थलबाट पक्राउ

Posted on: 03 Jan, 2021

पुस १९, काठमाडौँ । प्रहरीले नक्कली पिसिआर रिपोर्ट बनाएर दुबई जानलागेका ७ जनालाई पक्राउ पक्राउ गरेको छ । शनिबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनीहरुलाई पक्राउ गरिएको हो  ।

पक्राउ पर्नेमा सल्यान खैरागरका २६ वर्षीय दिनेश सिंहलगायत ७ जना रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार युएई जान लागेका उनीहरुलाई चेकजाँचका क्रमममा नक्कली पिसिआर रिपोर्ट पाएपछि पक्राउ गरिएको हो ।

 यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!