भिजिट भिसामा श्रमिक विदेश पठाएको आशंकामा अर्चिड ओभरसिजमा विभागको छापा

Posted on: 30 Dec, 2020

पुस १५, काठमाडौँ । वैदेशिक रोजगार विभागले अर्चिड ओभरसिज प्रा .लि मा (लाइसेन्स नम्बर ८८९/०६७/६८)  छापा मारेको छ । युवाहरुलाई भिजिट भिसामा युएई पठाउन लागेको पुर्व सूचनाका आधारमा  मंगलबार विभागको टोलीले सो म्यानपावरमा छापा मारेको हो। 

विभागको अनुगमन टोलीले उक्त म्यानपावरमा छापा मार्ने क्रममा ८ जना युवाहरुको भिजिट भिसा निकालेको काजगात फेला पारेको विभाग श्रोतले जनाएको छ । ८ थान पासपोर्ट तथा ८ जनाको भिजिट भिसाको कागजातसहित सिपियुसमेत बरामद गरेका छौं विभागको अनुगमनमा खटिएका एक अधिकृतले भने 'हाललाई उक्त म्यानपावर कम्पनीको कारोबार रोक्का राखेर थप अनुसन्धान गर्नेछौं ।' 


यस बिषयमा तपाइको प्रतिक्रिया...!