राहदानी बुझिलिन दक्षिण कोरिया स्थित दूतावासको अनुरोध

Posted on: 28 Dec, 2020

पुस १३, काठमाडौँ | आवेदन दिएकाहरुलाई राहदानी बुझिलिन दक्षिण कोरिया स्थित दूतावासले अनुरोध गरेको छ | दूतावासले २०२० नोभेम्वर २६ सम्म राहदानीका लागि आवेदन दिएका आवेदकहरू लाई राहदानी बुझिलिन भनेको हो |

नयॅा राहदानी बुझ्नका लागि पुरानो राहदानी (नविकरण भएमा) र बिल लिई राजदूतावासमा आउन दुतावासले भनेको छ | यसरी हुलाक मार्फत (थुंगि) रेजिष्टर मेल गरेर दूतावासको ठेगानामा शुल्क तिरेर पठाउन सकिने छ |

 दूतावासका अनुसार,यसरी पठाउँदा आवेदकको ठेगानामा पठाउन लाग्ने हुलाक शुल्क थप ३,०००/- कोरियन वोन लाग्ने भएको हो | बच्चाको हकमा बुवाको राहदानीको प्रतिलिपी चाहिने छ | हुलाक मार्फत थुंगी (थेक्पे) गर्दा आफुले पाउने ठेगाना र फोन नं. लेखेर पठाउन र राहदानी पाइसके पछि १० दिन भित्र ईमिग्रेसन अफिस गएर नयॅा राहदानी नं. परिवर्तन गराउन नेपाली दूतावासले भनेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!