पदभार ग्रहण गर्दै नवनियुक्त श्रममन्त्री चौधरीले भने 'ठगि नियन्त्रण पहिलो प्राथमिकता पर्छ'

Posted on: 27 Dec, 2020

पुस १२, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशङ्कर चौधरीले वैदेशिक रोजगारीमा देखिएका ठगि नियन्त्रण आफ्नो पहिलो प्राथमिकतामा पर्ने बताएका छन् । नवनियुक्त श्रममन्त्री चौधरीले आइतबार मन्त्रालयमा पदभार ग्रहण गर्दै आफ्नो पहिलो प्राथमिकतामा गलत तरिकाले भएको काम रोक्ने र  ठगि रोकिनुपर्छ भन्ने मान्यता भएको बताएका हुन् ।


भर्खर श्रम मन्त्रालयको जिम्मेवारी सम्हाल्न आएको छु मन्त्री चौधरीले भने 'अहिलेसम्म मन्त्रालयमा भए गरेका काम बारे अध्ययन गर्छु र त्यसपछि कसरी अगाडी जान सकिन्छ, विगतको समिक्षा र नयाँ योजना ल्याउनेछु ।' वैदेशिक रोजगारीका क्रममा युवाहरुलाई रोजगारी ठगिनबाट कसरी बचाउने भन्ने बारे छलफल गर्ने र त्यसका लागि उपाय रच्ने उनले बताए ।  

म्यानपावरबाट हुने ठगि रोक्न पनि आवश्यक कदम चाल्ने बताउंदै उनले म्यानपावर कम्पनीले पनि पारदर्शी तरिकाले काम गर्नुपर्नेमा उनले जोड दिए । विभिन्न देशसंग भएका श्रम सम्झौता कार्यान्वयन, सामाजिक सुरक्षा योजना कार्यान्वयन लगायत धेरै विषय अध्ययन गर्न बाँकि रहेको भन्दै उनले देशभित्रै काम गर्न रोजगारी ग्यारेन्टी गर्ने कुरा प्राथमिकता रंहने उनले बताए । 

नवनियुक्त मन्त्री चौधरी दोस्रो पटक मन्त्री बनेका हुन् । यसअघि उनी कृषि विकास मन्त्रीको रुपमा जिम्मेवारी सम्हालेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!