मलेसिया सरकारको नयाँ नियम : विदेशी श्रमिकलाई कोरोना परिक्षण अनिवार्य, नगरे कारबाही

Posted on: 24 Dec, 2020

पुस ९, काठमाडौँ । अब मलेसियामा रहेका विदेशी श्रमिकहरुले अनिवार्य कोभिड-१९ परीक्षण गर्नुपर्ने भएको छ । मलेशियाको राष्ट्रिय सुरक्षा परीषदले उक्त निर्णय गरेको हो । यसरी विदेशी श्रमिकहरुको कोरोना परिक्षण गर्दा रोजगारदाताले नै गराउनु पर्ने छ। 

आगामी जनवरी १ तारिखदेखि विदेशी श्रमिकहरुले अनिवार्य कोभिड-१९ परीक्षण गर्नुपर्ने राष्ट्रिय सुरक्षा परीषदको निर्णय लागुहुने मलेशियाका बरिष्ठ मन्त्री ईस्माईल साब्री याकोबले बताएका छन् । उनले श्रमिकको निशुल्क कोरोना परिक्षण नगराउने रोजगारदातालाई कारबाही समेत हुने बताएका छन् । 

यो निर्णय क्वालालम्पुर, सेलेंगर, पेनाङ, नेग्री सेम्विलान तथा सवाहमा लागु भइसकेको र अन्य क्षेत्रमा काम गर्ने श्रमिकमा पनि लागु हुने उनले बताए। मानव संशाधन मन्त्रालयले केहि रोजगारदाताले यसमा असहमति जनाएको भन्दै अनिवार्य रुपमा सो नियमको पालना गर्न आग्रह गरेको छ। 

उक्त नियमको पालना नगर्ने रोजगारदाता माथि कारबाही हुने उनले प्रष्ट पारे ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!