इपिएस परीक्षामा नक्कली परीक्षार्थी बनी धन्दा गर्ने पक्राउ, प्रतिव्यक्ति ७ लाख अशुल्थे

Posted on: 23 Dec, 2020

पुस ८, काठमाडौँ | कोरिया जाने प्रक्रिया अन्तर्गत इपिएस परीक्षामा नक्कली परीक्षार्थी बनी धन्दा गर्ने प्रशिक्षक पक्राउ परेका छन् ।

काठमाडौँस्थित बागबजारमा रहेको सेनसेगाई कन्सलटेन्सीमा कोरियन भाषाको प्रशिक्षकको रुपमा काम गर्ने उत्तम मान लिम्वु पक्राउ परेका हुन् । सुनसरी धरान १९ स्थायी घर भएका लिम्बुले विभिन्न समयमा कोरियन भाषाको इपिएस परीक्षामा सहभागी हुन आएका विद्यार्थीहरूलाई  प्रभाव तथा प्रलोभनमा पारेर विद्यार्थीहरुको प्रवेश पत्रमा आफ्नो फोटो राखी परीक्षा दिएर उत्तिर्ण गराउने र प्रतिव्यक्ति सात लाखसम्म लिने गरेको पाइएको छ ।


लिम्बुले विद्यार्थीहरुलाई कोरिया पठाउने धन्दामा वर्षौदेखि संलग्न रहँदै आएको भन्ने सूचना पाएपछि सोको अनुसन्धान गरिरहेको प्रहरीले धन्दामा संलग्न उत्तम मान लिम्वुलाई काठमाण्डौंको कालोपुलबाट पक्राउ गरी महानगरीय प्रहरी परिसर काठमाण्डौमा पठाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!