साउदीमा रहेका नेपालीहरुका लागि अत्यन्त जरुरी सूचना

Posted on: 23 Dec, 2020

पुस ८, काठमाडौँ | साउदी स्थित नेपाली दूतावासले दमाममा राहदानी आवेदन संकलनका लागि अस्थायी कार्यालय राख्ने भएको छ | सेवाग्राहीहरूको राहदानी आवेदन (फोटो खिच्ने, औंठा छाप, हस्ताक्षर आदि) संकलनका लागि यही शुक्रबार २५ डिसेम्बर २०२० मा अस्थायी कार्यालय राख्ने  भएको हो |

दूतावासले विभिन्न मितिमा अनलाइन फाराम भरी पठाएका सेवाग्राहीहरूको नामावली सार्वजनिक गर्दै राहदानी आवेदकहरू मात्र आउन अनुरोध गरेको छ | दमाममा रहेको मुगल रेस्टुरेन्ट (पुरानो अल खयाम रेस्टुरेन्ट) ग्रिन सपिंग सेन्टर संगै https://goo.gl/maps/ffw7cMGJAWRG3kzEA बिहान ८ बजे देखि अस्थायी कार्यालय संचालन हुने दूतावासले जनाएको छ |

राहदानी आवेदनका लागि आउँदा अनिवार्यरुपमा सक्कल राहदानी,राहदानीमा आफ्नो फोटो भएको पेज र पेज नं. ३१ को फोटोकपि एक/एक प्रति,नागरिकताको फोटोकपि एक प्रति (अगाडि र पछाडि दुबै पेज एउटै पानामा आउने गरी),राहदानी दस्तुर साउदी रियाल- २००।, ल्याउनुपर्ने छ | त्यस्तै राहदानी हराएको वा कुनै कारणले बिग्रिए वा च्यातिएको भए साउदी रियाल-४००।- तिर्नुपर्ने छ | 

कोभिड-१९ महामारीको विद्यमान अवस्था एवम् सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै राहदानी आवेदन फाराम संकलन गर्नुपर्ने भएका कारण एक घण्टामा १५ जनासम्मको मात्र राहदानी आवेदन संकलन गर्न सकिने दूतावासले जनाएको छ |

दूतावासले जारी गरेको सूचनामा भनिएको छ, "लिष्टमा उल्लेख भएको आफ्नो समयमा मात्र (उदाहरणको लागि लिष्टको सिरियल नं. २० मा नाम भएको व्यक्ति बिहान ९ बजेर १६ मिनेटमा उपस्थित हुने) राहदानी आवेदन संकलन केन्द्रमा उपस्थित हुनुपर्ने छ |"

अनलाइन फाराम भरी पठाएका सेवाग्राहीहरूको नामावली हेर्नुहोस 

No photo description available.

No photo description available.

No photo description available.

यस बिषयमा तपाइको प्रतिक्रिया...!