साउदीले अन्तर्राष्ट्रिय आवागमनमा प्रतिबन्ध लगाएसँगै नेपाली दूतावासको यस्तो सूचना

Posted on: 21 Dec, 2020

पुस ६, काठमाडौँ | सरकारले जारी गरेको हवाई उडान लगायत स्वास्थ्य सम्बन्धी सावधानीका सूचनाहरु पूर्ण पालना गर्न साउदी स्थित नेपाली दूतावासले नेपालीहरुलाई आग्रह गरेको छ | साउदी अरबले आज देखि अन्तर्राष्ट्रिय हवाई तथा स्थलमार्गबाट हुने आवागमनलाई प्रतिबन्ध लगाएको छ | 

त्यँहाको आन्तरिक मन्त्रालयले आगामी एक हप्ताका लागि सम्पूर्ण अन्तर्राष्ट्रिय हवाई तथा स्थलमार्गबाट साउदी अरबमा हुने प्रवेशलाई प्रतिबन्ध लगाएको हो | नागरिकहरुको स्वास्थ्य र सुरक्षा सुनिश्चित गर्न सावधानी स्वरुप यो कदम चालिएको आन्तरिक मन्त्रालयले जनाएको छ | मन्त्रालयका अनुसार,आवश्यक परेमा उडान स्थगनको अवधि लम्बिन सक्ने छ | त्यस्तै कोरोना 

भाइरसको संक्रमण बढ्दै गएपछि नियन्त्रणका लागि ५० जना भन्दा बढी व्यक्ति एकै ठाउँमा भेला हुन प्रतिबन्ध लगाएको छ |उक्तआदेशको उल्लङ्घन गर्ने विरुद्ध साउदी रियाल १५००० सम्म जरिवाना हुने जनाएको छ ।

हेर्नुहोस दूतावासको सूचना:

No photo description available.

यस बिषयमा तपाइको प्रतिक्रिया...!