तीन महिनामै ६० म्यानपावरमा आकष्मिक अनुगमन, ४५ कम्पनीको कारोबार रोक्का

Posted on: 17 Dec, 2020

पुस २, काठमाडौं । वैदेशिक रोजगार विभागले तीन महिनामै ६० महिना म्यानपावर कम्पनीमा आकष्मिक अनुगमगन गरेको छ । पछिल्लो तीन महिनाको अवधीमा ६० कम्पनीमा आकष्मिक अनुगमन गरेर ४५ कम्पनीको कारोबार रोक्का गरिएको विभागका महानिर्देशक कुमार प्रसाद दहालले जानकारी दिए ।   

अगुमनको नाममा कसैलाई दुरुत्साहन गर्नु होइन, छापा मारेर व्यापारिक छवि बिथोल्ने होइन जहाँ असहजता छ, जुन कम्पनीको उजुरी आएको छ त्यसमा अनुगमन गरिएको हो, श्रम रोजगार पत्रकार समुहले आयोजना गरेको भर्चुअल कार्यक्रममा बोल्दै महानिर्देशक दहालले भने ‘अनुगमन गर्न जाने बित्तिकै समातेर ल्याउने भन्ने होइन, उजुरी उपर विभागले नियमित अनुगमन गरेको हो ।’ 

मैले विभागमा कार्यभार सम्हालेपछि आएका उजुरीमा खाडी देशका लागि १ लाख ३० हजार माथि ७ लाख लिएका म्यानपावरलाई कारवाही गरेको छु महानिर्देशक दहालले भने ‘संस्थागत रुपमा जाने श्रमिक कमसेकम  सुरक्षित त छन् तर व्यक्तिगत रुपमा ठगिने क्रम बढेको छ, त्यसलाई न्यूनीकरण गर्न जरुरी छ ।’ 

‘तलब धेरै हुन्छ, कोटा सीमित छ, तपाइले पैसा नदिए अर्को व्यक्ति जान्छ भनेर म्यानपावरले प्रलोभन देखाउन सक्छन् त्यस्तो अवस्थामा पैसा दिन्न भन्नुपर्यो, साथै विभागमा उजुरी गर्नुस् नियमन गर्न विभाग तयार छ’ महानिर्देशक दहालले भने । सामाजिक सचेतना जरुरी रहेको भन्दै उनले व्यक्ति अझै सचेत नभएको, कहाँ जाँदैछु, कति योग्यता छ कति तलब पाउँछु भन्ने समेत नबुझेका कारण ठगि नियन्त्रण हुन नसकेको उनले बताए । 




यस बिषयमा तपाइको प्रतिक्रिया...!