कतारमा रहेका नेपालीहरूका लागि अत्यन्त जरुरी सूचना

Posted on: 15 Dec, 2020

मंसिर ३०, काठमाडौँ | पुस २ गते अर्थात् १७ डिसेम्बर २०२० मा कतार स्थित नेपाली दूतावास बन्द हुने भएको छ | 

कतारको राष्ट्रिय दिवसको अवसरमा उक्त दिन दूतावास बन्द रहने भएको हो |त्यस्तै पौष ५ गते आइतबार  २० डिसेम्बर २०२० देखि राजदूतावास पूर्ववतरुपमा खुला रहने कतार स्थित नेपाली दूतावासले जनाएको छ | 

दुतावासले जारी गरेको सूचनामा भनिएको छ,"कतारको राष्ट्रिय दिवसको अवसरमा नेपाली राजदूतावास मिति २०७७ साल पौष २ गते बिहीबार तदनुसार १७ डिसेम्बर २०२० को दिन बन्द रहने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराईन्छ। २०७७ पौष ५ गते आइतबार तदनुसार २० डिसेम्बर २०२० देखि राजदूतावास पूर्ववतरुपमा खुला रहने छ |"

यस बिषयमा तपाइको प्रतिक्रिया...!