विदेशबाट आफुले बचत गरेको पैसा नेपाल कसरी पठाउने ?

Posted on: 15 Dec, 2020

काठमाडौँ | तपाई वैदेशिक रोजगारीमा जानु भएको छ भने विदेशमा आफुले बचत गरेको पैसा नेपाल कसरी पठाउने भन्ने चिन्तामा हुनुहुन्छ ? यसरी पठाउन सक्नु हुन्छ,हेर्नुहोस |

 १. नेपालमा आफ्नो वा परिवार कसको खातामा पठाउने हो एकिन गर्ने |

 २. नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त रेमिट्यान्स कम्पनीसँग आवद्ध भएका रेमिट्यान्स कम्पनीबाट पठाउँदा सजिलो हुन्छ |

 ३. नेपाल राष्ट्र बेंकबाट स्वीकृति प्राप्त रेमिट्यान्स कम्पनीहरुको विवरण हेर्न यहाँ क्लिक गर्नुहोस  https://www.nrb.org.np/departments/fxm/#licensed

 ४. नेपालका रेमिट्यान्स कम्पनीहरुसँग कारोवार गर्ने आफु रहेको मुलुकका रेमिट्यासन्स कम्पनीहरुसँग सम्पर्क गर्ने | उक्त कम्पनीहरुमा निशुल्क रुपमा अनलाईन अकाउण्ट खोलेर समेत कारोवार गर्न सकिन्छ |



यस बिषयमा तपाइको प्रतिक्रिया...!