रोजगारीको लागि जापान जानेहरुले आवश्यक कागजात पेश गर्न विभागको आग्रह

Posted on: 14 Dec, 2020

मंसिर २९, काठमाडौँ | वैदेशिक रोजगारीको लागि जापान जाने निवेदकर्ताले आवश्यक कागजात अनिवार्य पेश गर्नुपर्ने भएको छ | निवेदनसंगै  स्ट्याम्प लगाइएको कामदार भिसाको प्रतिलिपि र कम्पनीसँगको करारनामाको प्रतिलिपि अनिवार्य पेश गर्न  वैदेशिक रोजगार विभागले आग्रह गरेको छ |

विभागका अनुसार,योग्याताको प्रमाणपत्र (सीओई) र कम्पनी सञ्चालनको अनुमतिपत्र (लाइसेन्स टु रन कम्पनी)जाप्निज भाषामा भएमा आधिकारिक निकायबाट नेपाली व्यक्तिको कम्पनी भएमा कम्पनी सञ्चालकको रेजिडेन्सी कार्ड तथा सञ्चालक जाप्निज भएमा परिचयपत्रको प्रतिलिपि बुझाउन विभागले भनेको छ |

उक्त कागजात कम्पनीको वेबसाइटमा उल्लेख भएको मेल तथा वेबसाइट नभएको कम्पनीले आफ्नो कम्पनीको डोमेन तथा कर्पोरेट मेलबाट वैदेशिक रोजगार विभागको मेल [email protected] मा पठाउनु पर्ने विभागको भनाइ छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!