कोरोनाका कारण मलेशियामा एक नेपालीको मृत्यु

Posted on: 14 Dec, 2020

मंसिर २९, काठमाडौँ | कोरोना भाइरसका कारण मलेशियामा एक नेपालीको मृत्यु भएको छ | मलेशिया स्थित टप ग्लोव्स कम्पनीमा सेक्यूरिटी गार्डमा कार्यरत एक नेपालीको मृत्यु भएको हो | गत डिसेम्बर १२ मा मृत्यु भएको स्थानीय संचारमाध्यमले जनाएका छन् |

टप ग्लोव्सको मेरु क्लाङ स्थित कारखानामा उनी कार्यरत उनलाई कोभिडको संक्रमण भएपछि गत नोभेम्वर २१ मा अस्पताल भर्ना गरिएको थियो | उनी दुई बर्ष देखि सो कम्पनीमा अर्को एक सेक्यूरिटी कम्पनीको श्रमिकका रुपमा कार्यरत थिए |

पछिल्लो समयय मलेसियामा कोरोना भाइरसका संक्रमित बढ्दै गएका छन् | मलेशियामा हालसम्म कुल ४ सय १५ जनाको कोभिड-१९ का कारण मृत्यु भइसकेको छ | विदेशी श्रमिक बस्ने होष्टलहरुमा भिडभाड भएकाले कोभिडको संक्रमण फैलिएको भन्दै तिनिहरुलाई व्यवस्थित बनाउनुपर्ने मलेशियाका सरकारी अधिकारीहरुले बताउँदै आएका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!