वैदेशिक रोजगारको आवरणमा मानव तस्करी, १० देखि १५ वर्ष कैद !

Posted on: 14 Dec, 2020

मङ्सिर २९, काठमाडौँ | भिजिट भिसाको बाटो हुँदै बिदेशमा काम लगाइदिने प्रलोभनमा पारेर लैजाने र अलपत्र पार्ने, जुनसुकै गैरकानूनी बाटो प्रयोग गरि विदेश लानेहरुलाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ आकर्षित हुने गरेको छ । यस्तो कसुरमा संलग्नलाई व्युरोले कडा कानुनी सजायको प्रावधान छ । 

आइतबार मात्र पनि मानव बेचबिखन अनुसन्धान ब्यूरोले आकर्षक तलव सुविधासहित वैदेशिक रोजगारीमा लगाइदिने भन्दै मानव बेचबिखन गर्ने काम गर्ने गरेको आरोपमा सिन्धुपाल्चोककी अनिता तामाङ भन्ने अनिता सुनुवारलाई पक्राउ गरेको छ । सोहि काममा संलग्न ताप्लेजुङको गेंरिडदेन गाउँपालिका–४ घर भएका ४३ वर्षीय गणेश कुमार लोंवा समेतले २०७३ सालमा ५ जना युवालाई वैदेशिक रोजगारीमा आकर्षक तलब दिलाइदिने प्रलोभनमा पारी गैरकानूनी तरिकाले भिजिट भिसामा त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट भारत, दुवई र कतार हुँदै साउथ अफ्रिका र मोजाम्बिकसम्म पुर्‍याई बिक्री गरेका थिए । 


यस्तै प्रकारका धेरै घटनाहरु मानव तस्कर व्युरोमा आकर्षित हुन्छन् । बिभिन्न प्रलोभनमा भिजिटमा लगेर काम लगाउनमा सक्रियहरुलाई समेत मानव तस्करीको कानुन आकर्षित हुन्छ । नेपाल सरकारले वैदेशिक रोजगारको लागि इजाजतप्राप्त कम्पनीहरु वा व्यक्ति आफ्नै प्रयासमा मात्र विदेश जान दिने नीति लिएको अवस्थामा भिजिट तथा व्यक्तिगत श्रम स्वीकृति गराएर विदेश पठाउने गरेको पाइएको छ । यसरी विदेश जानेहरु मध्ये अधिकांश ठगिमा पर्ने गरेका छन् । गैरकानुनी तरिकाले बिदेश पुर्याएर ठगि गर्ने, श्रम शोषण, आर्थिक, शारीरिक तथा मानशिक शोषण गर्नेहरु बिरुद्ध पनि मानव तस्करीकै कानुन आकर्षित हुन्छ । 

कानुन अनुसारको अभियोग प्रमाणित भएमा १० देखि १५ वर्ष कैद सजाय र दुई लाखसम्म जरिवानाको प्रावधान छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!