वैदेशिक रोजगार विभागका तत्कालीन महानिर्देशक पाण्डेसहित तीनजनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर

Posted on: 13 Dec, 2020

मङ्सिर २८, काठमाण्डौं । विशेष अदालत काठमाडौंले वैदेशिक रोजगार विभागका तत्कालीन महानिर्देशक विश्वराज पाण्डेलगायत दुई कर्मचारीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर्‍याएको छ । दर्ता भएको तीन वर्षपछि सुनुवाइको चरणमा प्रवेश गरेकोे भ्रष्टाचार मुद्दामा शुक्रबार विशेष अदालतका न्यायाधीशद्वय प्रेमराज कार्की र बालेन्द्र रूपाखेतीको ईजलासले अख्तियारको दाबी पुष्टि गर्दै भ्रष्टाचार गरेको ठहर्‍याएको हो । 

उनलाई दुई वर्ष कैद र ३ लाख ३३ हजार जरिवाना भएको विशेष अदालतका उपरजिस्टार पुष्पराज पाण्डेयले बताए । पाण्डे सहित तीनैजनालाई जनही १०/१० वर्ष कैद र घुस मागिएको रकम १० लाखलाई तीन भागमा बराबर बाँडेर आउनेजति रकम जरिवाना हुने फैसला भएको पाण्डेले बताए ।

तत्कालीन महानिर्देशक पाण्डे नियमित अवकाश हुनुभन्दा केबल ५ दिनअघि सहकर्मी कर्मचारीहरूको पोलको आधारमा पक्राउ परेका हुन् । अख्तियारले २०७४ पुस ४ गते तत्कालीन महानिर्देशक पाण्डेसहित अधिकृत कृति वल्लभ पौडेल र नायव सुब्बा खड्गबहादुर केसीविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मद्दा दायर गरेको थियो । 

अख्तियारले विभागका तत्कालीन शाखा अधिकृत पौडेल र नायव सुब्बा केसीलाई दश लाख रुपैयाँ घुससहित पक्राउ गरेपछि २०७४ मंसिरमा तत्कालीन महानिर्देशक पाण्डेलाई पनि पक्राउ गरेको थियो । उनीहरु २०७४ साल पुस ६ गते न्यायाधीश बाबुराम रेग्मी र प्रमोदकुमार श्रेष्ठ वैद्यको ईजलासबाट दश लाख धरौटीमा छुटेका थिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!