अबैधानिक रुपमा बसेका विदेशी श्रमिकहरुका लागि मलेसिया सरकारको यस्तो अफर

Posted on: 11 Dec, 2020

मंसिर २६, काठमाडौँ | मलेसियामा अबैधानिकरुपमा बसेका आप्रवासी कामदारहरुका लागि सरकारले दुईवटा विकल्प दिएको छ | रिक्यालिब्रेसन कार्यक्रम अन्तर्गत मलेसिया सरकारले न्यून शुल्क जरिवाना तिरेर स्वदेश फर्किने वा निश्चित प्रकृया पुरा गरेर मलेशियामै रोजगारी गर्ने विकल्प अघि सारेको हो |

सरकारले विदेशी श्रमिकलाई मलेशिया बसाईलाई वैधानिक बनाएर बस्न पाउने वा सहुलियत दरको जरिवाना तिरेर स्वदेश फर्किन पाउने व्यवस्था गरेको छ | अवैधानिक रुपमा बसेका र स्वदेश फर्कन चाहनेहरुले अध्यागमन कार्यालयमा ५ सय मलेसियन रिंगिट तिरेर निश्चित प्रकृया पुरा गरी चेकआउट मेमो लिनु पर्ने छ |

डिसेम्वर २१ देखि सुरु हुने उक्त कार्यक्रम अन्तर्गत स्वदेश फर्किन चाहनेहरुसँग राहदानी वा ट्राभल डकुमेण्ट तथा नेपाल फर्किने टिकटको बुकिङ हुनुपर्ने सरकारले जनाएको छ | मलेसियाको अध्यागमन कार्यालयबाट स्वदेश फिर्ताका लागि चेक आउट मेमो अनिवार्य लिनु पर्ने छ | चेक आउट मेमो लिनका लागि अध्यागमन कार्यालयले बनाएको अनलाइन प्रणाली मार्फत सेवा लिन अग्रिम रुपमा समय लिनु पर्ने छ |

फर्म भर्न चाहनेहरुले आफ्नो पुरा नाम थर, राहदानी वा ट्राभल डकुमेण्ट, मोर्वाइल नम्वर ईमेल ठेगाना हुनुपर्दछ | त्यसपछि  http://sto.imi.gov.my वेभसाइटमा गएर फर्म भरेपछि ईमेलमा कन्फर्ममेसन आउँछ । ईमेलमा आउने कन्फर्ममेसनलाई प्रिन्ट गरेर सुरक्षित राख्नु पर्दछ |

आफूले पाएको मितिमा अध्यागमन कार्यालयमा चेकआउट मेमोको प्रकृयाका लागि जाँदा तीन दिनभित्र कोभिड टेष्ट गरेको रिपोर्ट, राहदानी वा ट्राभल डकुमेण्ट तथा ५ सय रिंगिट भएको बैंक कार्ड, स्वदेश फर्किने टिकट (१४ दिनभित्रको उडान भएको) को बुकिङ साथमा हुनुपर्ने मलेसिया स्थित नेपाली दूतावासले जनाएको छ |

दूतावासका अनुसार आफूले एपोईन्टमेण्ट पाएको समय भन्दा एक घण्टा अगाडी नै सम्बन्धित कार्यालयमा पुग्नु पर्ने छ | कुनै समस्या वा जानकारी आवश्यक परे दूतावासको फोन नम्वर ०३२०२०१८९८/०३२०२०१८९९ मा वा हटलाइन नम्वर ०११६२४७२७७७ मा फोन गर्न सकिने दूतावासले जनाएको छ |

त्यस्तै मलेसियामै रहेर रोजगारी गर्न चाहनेहरुका लागि कम्पनी मार्फत वैधानिक हुन सक्ने व्यवस्था सरकारले गरेको छ | यसरी रोजगारी गर्न चाहनेहरुले उत्पादनमूलक क्षेत्रको काम, निर्माण, कृषि, क्षेत्रको काममा रोजगारी गर्न सक्नेछन |

मलेसिया सरकारले दिएको उक्त अफर सन् २०२१ को जुन महिनासम्ममा सकिने छ | अध्यागमन कार्यालयका अनुसार,रोजगारदाताले मलेशियाको अध्यागमन कार्यालयमा सिधै सम्पर्क गर्न सक्ने छन् | यो कार्यक्रममा सहभागि हुनका लागि मलेसिया सरकारले कुनै व्यक्ति वा निकायलाई जिम्मेवारी नदिएको बताउँदै ठगिनबाट सचेत रहन भनेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!