क्यानडा पठाई दिन्छु भनी ५० लाख ठग्ने दुई जना पक्राउ, प्रहरीद्वारा यस्तो अनुरोध

Posted on: 09 Dec, 2020

मङ्सिर २४, काठमाडौँ | क्यानडा पठाई दिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ परेका छन् । 

सामाजिक संजाल फेसबुक मार्फत अर्घाखाँची  तिलगंगा १ तल्लोटोल बस्ने रेनुका सारुसंग चिनजान भई कुरा गर्दै जादाँ क्यानडा पठाई दिन्छु भनी प्रलोभन देखाएपछि सोहि गिरोहमा फस्दै जाँदा पाल्पा माथागडी गाउँपालिका ४ घर भई काठमाडौँ नागार्जुन १६ मनमैजु बस्ने खिन्तबिर सारु ठगिएका हुन् । 


क्यानडा पठाउने भन्दै ठगि धन्दाका मुख्य योजनाकार भने भारती नागरिक रहेका छन् । भारतको पश्चिम बंगाल कलकत्ता बर्दमान घर बताउने शेख सम्सुर आलोनले क्यानडा पठाउने भन्दै क्यानडाको नक्कली भिषा दिएका थिए । साथै नक्कली प्लेन टिकेट समेत देखाई १४ लाख ठगी गरेर ठगिमा संलग्नहरु सम्पर्क विहिन भएका थिए ।


ठगीमा पिडित सारुले दिएको उजुरीको आधारमा प्रहरीले सुरुमा फेसबुकमा जोडिएकी रेनुका सारु र भारतीय नागरिकलाई प्रकाउ गरी आवश्यक अनुसन्धान भईरहेको जनाएको छ । 

प्रहरी महाशाखाबाट खटिएको प्रहरी टोलीले ठगीमा संलग्नहरुलाई मंगलबार काठमाडौँको सुन्धाराबाट पक्राउ गरेको जनाएको छ । 

ठगीमा संलग्नहरुले अन्य थप तीन जना व्यक्तिहरुबाट १२ लाखको दरले रकम उठएर ठगी गरेको समेत बुझिन आएको प्रहरीले जनाएको छ । महाशाखा निजहरुबाट यदि कोही ठगीमा पर्नु भएको छ भने यस कार्यालयमा संम्पर्कमा आउनको लागी  अनुरोध गरिएको छ  ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!