सिंगापुर पठाउने भन्दै ठगी गर्ने दुई पक्राउ

Posted on: 08 Dec, 2020

मङ्सिर २३, काठमाडौँ | वैदेशिक रोजगारीका लागि सिंगापुर पठाउने भन्दै एक महिलासँग ३ लाख ३१ हजार भन्दा बढी रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

सिंगापुर पठाउनले प्रलोभन देखाएर उनीहरुले ती महिलासँग ३ लाख ३१ हजार ९ सय रुपैयाँ ठगी गरेको आरोपमा दुई जनालाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-९ सिनामंगल बस्ने सुनसरी धरान उपमहानगरपालिका-४ बुद्ध चोक घर भएका मनोज लामिछाने र २७ वर्षीय विशाल दर्जी रहोको प्रहरीले जनाएको छ ।

अपराध महाशाखाको टोलीले उनीहरुलाई काठमाडौं महानगरपालिका-९ सिनामंगलस्थित एयरपोर्टबाट पक्राउ गरेको हो।

पक्राउ परेका दुबैजनालाई आवश्यक अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर पठाइएको महाशाखाले जनाएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!