अब भिजिट भिसा जान कडा प्रावधान, विमानस्थलका १४ कर्मचारी सरुवा गरि छानविन थालियो

Posted on: 07 Dec, 2020

मङ्सिर २२, काठमाडौं | भिजिट भिसामा विदेश लगेर काम लगाउने प्रलोभनमा नेपाल तथा विदेशमा एजेन्ट गिरोह सक्रिय भएपछि सरकारले भिजिट भिसासम्बन्धी कडा प्रावधान राखेर अध्यागमन कार्यविधि संशोधन गर्ने भएको छ । 

भिजिट भिसाका नाममा विदेश जाने क्रियाकलापले मानव तस्करी बढेको र विदेशमा पुर्याइएकाहरु अलपत्र परेको अवस्था छ । अब सरकारले यस्ता क्रियाकलापलाई रोक्न अध्यागमन कार्यविधि संशोधन गर्ने तयारी गरेको छ । 

सरकारले वैदेशिक रोजगार व्यवसायी, ट्राभल एजेन्सी र श्रम तथा अध्यागमन कर्मचारीको सेटिङमा विमानस्थलबाट भिजिट भिसामा पठाउने काम भएको र सो आवरणमा मानव तस्करी बढेको निष्कर्ष समेत निकालेको छ ।

यसअघि भिजिट भिसामा विदेश जानेका लागि राहदानी र भिसासहित १ हजार अमेरिकी डलर साथमा राख्नुपर्ने, फिर्ता हुने हवाई-टिकटका साथै घुम्न जाने देशमा बस्ने व्यवस्था हुनुपर्ने प्रावधान रहेकोमा अब भने संशोधन हुन लागेको नयाँ कार्यविधि अनुसार भिजिट भिसामा जाने व्यक्तिले २० लाख रुपयाँको बिमा र न्यूनतम एसएसली सरहको शैक्षिक योग्यता वा अंग्रेजी बोल्न जान्नुपर्ने व्यवस्था गर्न लागिएको छ । 


नयाँ कार्यविधि संशोधन भएपछि भिजिट भिसामा गएर अलपत्र परे बिमा रकमबाटै उद्धार, उपचार र अन्य बन्दोबस्तीमा खर्च गर्न सहज हुने भएको छ । साथै अब भिजिट भिसामा जाने व्यक्तिमाथि शंका लागेमा अध्यागमनले व्यक्तिको कागजातमाथि छानबिन गरी कारबाही अघि बढाउन समेत सक्नेछ ।

साथै अध्यागमन विभागले भिजिट भिसामा पठाउने काममा सरकारी कर्मचारीकै मिलिमतो रहेको उजुरी परेपछि गृह मन्त्रालयले विमानस्थलस्थित १४ जना अध्यागमन अधिकृतलाई एकै पटक सरुवा गरि छानबिन थालेको छ । 

भिजिट भिसाको धन्दा ! एजेन्टले तीन साता झुलाए, दुई पटक पिसीआर गराए, साढे तीन लाख अशुले

यस बिषयमा तपाइको प्रतिक्रिया...!