कोभिड-१९ पछि विदेशबाट १ लाख ४६ हजार स्वदेश फर्किए, कुन देशबाट कति ?

Posted on: 17 Nov, 2020

मङ्सिर २, काठमाडौँ | विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण समस्यामा परेका एक लाख ४६ हजार ८७ जना नेपाली स्वदेश फर्किएका छन् । कोभिड—१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले तयार गरेको विवरण अनुसार विश्वका ६० मुलुकबाट मङ्सिर १ गतेसम्म एक लाख ४६ हजार ८७ जना स्वदेश फर्किएका हुन् ।

विदेशबाट फर्किएकाहरुमा रोजगारी गुमाएका, करार अवधि सकिएका, अवैधानिक रुपमा बसेकाहरु रहेका छन् । सीसीएमसीका अनुसार सबैभन्दा धेरै युएईबाट स्वदेश फर्किका छन् ।युएईबाट ४३ हजार ७४९ जना, कतारबाट २९ हजार ४९२ जना, मलेसियाबाट १९ हजार ७४० जना स्वदेश फर्किका छन् । 

त्यस्तैगरी कुवेतबाट ११ हजार १२० जना, जापानबाट ४ हजार २७४ जना, टर्कीबाट ३ हाजार ८९३ जना, दक्षिण कोरियाबाट २ हजार ६४ जना, सिंगापुरबाट १ हजार २६९ जना स्वदेश फर्किएका छन् । चेक गणतन्त्र, ट्युनेसीया, अर्मेनिया र इरानबाट २/२ जना स्वदेश फर्किएका छन् भने सोमालिएकाबात एक जना मात्र स्वदेश फर्किएको सीसीएमसीले जनाएको छ ।

हाललाई कोरोनाका कारण विदेशमा अलपत्र परेका नेपालीहरुको उद्धार सकिएकाले उद्दार उडान बन्द गर्न सरकारलाई सिफारिस गरिसकेको छ। विभिन्न देशमा रहेका नेपाली कूटनीतिक नियोगहरुले लगभग उद्धारको सकिएको जानकारी गराएपछि उद्धार उडान बन्द गर्न सरकारलाई सिफरिस गर्ने निर्णय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले बताएका छन् । कुनै देशबाट पुनः उद्धार गरी ल्याउनुपर्ने अवस्थामा नियमित उडानबाट नै ल्याउने व्यवस्था मिलाउनुपर्ने सीसीएमसीको निर्णय छ । 

कुन देशबाट कति फर्किए ? (हेर्नुहोस्) 



यस बिषयमा तपाइको प्रतिक्रिया...!