नेपालबाट मलेसिया गएका व्यक्तिमा कोरोना देखियो

Posted on: 17 Nov, 2020

मंसिर २, काठमाडौँ | मलेसियामा नेपालबाट गएका एक व्यक्तिमा कोरोना भाईरस (कोभिड-१९) भेटिएको छ | यसअघि गत नोभेम्वर १० को दिन पनि नेपालबाट आएका एक व्यक्तिमा कोरोना संक्रमण देखा परेको थियो ।

 मलेसियाको स्वास्थ्य मन्त्रालयले नियमित प्रेस व्रिफिङका क्रममा दिएको जानकारी अनुसार, सोमवार भेटिएका १२ सय ८ नयाँ संक्रमित मध्ये ६ जना विदेशबाट आएका थिए । ति मध्ये एक नेपाली रहेका छन् |

हालसम्म मलेसियामा ४७ हजार भन्दा बढी व्यक्तिलाई कोरोना संक्रमण भइसकेको र त्यसमध्ये झण्डै ३५ हजार निको भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!