कुवेत पठाउने भन्दै ७० जनाभन्दा बढीलाई ठगि गर्ने पक्राउ

Posted on: 15 Nov, 2020

कार्तिक ३०, काठमाडौँ |  कुवेत पठाउने भन्दै ७० जना भन्दा बढीलाई ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ | महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको बानेश्वरमा बस्दै आएका मोरङ ग्रामथाम गाउँपालिका-५ तेतरियाका ४२ वर्षीय बुधनारायण चौधरीलाई पक्राउ गरेको हो |

उनले आफू गौशालास्थित राजदेवी इन्टरनेसनल प्रालिका कर्मचारी भनेर चिनाउँथे। त्यसरी उनले वैदेशिक रोजगारीको लागि कुवेतमा पठाउने भन्दै प्रतिव्यक्ति दुई लाख सम्म उठाएका थिए | महाशाखाका अनुसार उनले विश्वास जितेर त्यसरी नै ७० जना भन्दा बढीलाई ठगेका थिए। पैसा लिएर फरार भएपछि उनीविरूद्ध प्रहरीकोमा उजुरी परेको हो |

उनीमाथि कारबाही गर्न महाशाखाले महानगरीय प्रहरी परिसर, काठमाडौंमा पठाएको जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!