अनलाइन मार्फत करार पत्रको कपि कसरी निकाल्ने ? हेर्नुहोस

Posted on: 15 Nov, 2020

काठमाडौँ |  प्रशासनिक विकास,श्रम तथा सामाजिक मामिला मन्त्रालयले आफ्नो वेबसाइट मार्फ करार पत्रको कपि सक्ने व्यवस्था गरेको छ | यस अनलाइन सेवाले कामदारलाई करार पत्र चाहिएको बेला श्रम मन्त्रालयमै पुग्नु पर्ने वा कम्पनीको सम्बन्धित निकायमा गुहार्न पर्ने समस्या हटेको हो |

निजी क्षेत्रमा कार्यरत कामदारहरुले अनलाइन मार्फत आफ्नो कामको करार पत्रको कपी निकाल्न पाउने छन् | यो सेवाले कामदार र मालिक बीचको सम्बन्धमा अझ सुधार आउने विश्वास गरिएको छ |  कपी निकाल्ने प्रक्रिया अंग्रेजी र अरबी दुवै भाषामा छ |

करार पत्र निकाल्न मन्त्रालयको वेबसाइट लिंक http://empcont.adlsa.gov.qa/मा जानुहोस | भाषा पेजको माथिल्लो भागको दायां तर्फको साइडमा लेखिएको "अंग्रेजी थिचेर परिवर्तन गर्न सकिन्छ।(यो नआए तीन वटा धर्का भएको अप्सनमा थिच्नुहोस | त्यसपछि आफ्नो आईडी वा भिसा नम्बर हाल्ने | आफ्नो नाममा निकालिएको मोबाइल नम्बर हाल्ने | त्यसपछि मोबाइलमा आएको फिन नम्बर हाल्ने | अनि डाउनलोड गर्ने |

वेभसाइटमा आफ्नो कामको करार पत्र नदेखिए कम्पनीले पत्र अपडेट नगरेको वा मन्त्रालयमा नपठाएको भन्ने बुझिन्छ | कतारमा कामको करार पत्र नयाँ काम परिवर्तन गर्न राजिनामा दिन र अन्य सरकारी कामको लागि आवश्यक पर्ने गर्छ |


यस बिषयमा तपाइको प्रतिक्रिया...!