कतारमा विदेशी श्रमिकलाई आइतबारबाट नयाँ भिसा स्वीकृतिसहित प्रवेश अनुमति दिइने

Posted on: 13 Nov, 2020

कात्तिक २८, काठमाडौं । कतारले विदेशी श्रमिक भित्र्याउन थप निर्णय गरेको छ । कोरोना महामारीका कारण कतारको नयाँ भिसा प्रकिया पुरा गरी उडन रोकिएका र नयाँलाई भिसा स्वीकृतिसहित प्रवेश अनुमति दिइने निर्णय गरेको हो ।

आउँदो आईतवार अर्थात् नोभेम्बर १५ बाट सबै आप्रवासी कामदारहरुले प्रवेश अनुमति पाउने कतारको प्रसासनिक विकास, श्रम तथा सामाजिक मन्त्रालयले जनाएको छ । यसअघि कतार बाहिर रहेका वर्क पर्मिट (कतार आइडी होल्डर) हरूले मात्र प्रवेश पाउँदै आएका थिए । 

आप्रवासी कामदार ल्याउन चाहने कम्पनीले कतार सरकारले तोकेको तलब तथा आवास सुविधाको मापदण्ड पुरा गरेमा मात्र निवेदन स्वीकृत हुने मन्त्रालयले जनाएको छ । नयाँ कामदारहरूको हकमा पनि कतार प्रवेशको लागि ईन्ट्री पर्मिट, होटेल क्वारेनटाइन र कतार आउनु पूर्वको कोरोना पिसीआर रिपोर्ट अनिवार्य रहने जनाइएको छ । 

कतारको यो निर्णयसँग भिसा प्रक्रिया पुरा गरेर नेपालमै रोकिएका तथा नयाँ कामदारहरूलाई कतार प्रवेश गर्ने खुल्ला भएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!