साउदीमा रहेका नेपालीहरुका लागि दूतावासको अत्यन्त जरुरी सूचना

Posted on: 13 Nov, 2020

कार्तिक २८, काठमाडौँ | आगामी मंसीर ५ र १२ गते शुक्रबार तदनुसार २० र २७ नोभेम्बर २०२० का दिन साउदीको रियाद स्थित नेपाली राजदूतावास खुला रहने भएको छ | 

राहदानी नविकरणका लागि दैनिकरुपमा राजदूतावासमा आउने सेवाग्राहीहरूको संख्या बढ्नेक्रम रहेको र  साउदी अरबमा कोभिड-१९ संक्रमणको महामारी कायमै रहेको अवस्थालाई मध्यनजर गरी  भिडभाड कम गर्ने उद्देश्यले मंसीर ५ र १२ गते राजदूतावास खुला रहने भएको हो |

दूतावासबाट पहिले प्रकाशन गरिएका सूचना अनुसार राहदानी नविकरणको लागि अनलाइन फारम  https://forms.gle/pryfMdChxs2QHCPi6 लिंकबाट भरी पठाउनु हुने सेवाग्राहीहरूको सुविधाका लागि निकट भविष्यमा विभिन्न पायक पर्ने स्थानहरु (दमाम, जुवेल, अलहासा, हाफरअलबातेन, हायल, अलकासिम लगायत अन्य स्थानहरु) मा अस्थायी कार्यालय स्थापना गरी आवेदन (फोटो खिच्ने, औंठा छाप, हस्ताक्षर आदि काम समेत) संकलन गर्ने कार्यक्रम रहेकोले राहदानी नविकरण गर्नुपर्नेहरूले छिटो अनलाइन फारम भर्नुहुन समेत अनुरोध गरिएको छ |

आवेदन संकलनका लागि अस्थायी कार्यालय राख्ने मिति पछि जानकारी गराइने दुतावासले बताएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!