मलेशियामा छुरा हानेर युवतीको हत्या गर्ने व्यक्ति पक्राउ

Posted on: 13 Nov, 2020

कार्तिक २८, काठमाडौँ | मलेसियामा छुरा प्रहार गरि नेपाली युवतीको हत्या गर्ने युवकको पहिचान खुलेको छ | मलेसियाको केलाङबाट युवती हत्या अभियोगमा पक्राउ परेका व्यक्ति धनकुटा मुगा ६ का गणेश बहादुर कार्की रहेको खुलेको हो | 

मलेसियाको सेलेङरस्थित केलाङमा ति युवाको छुरा प्रहारबाट बुधबार दिउसो एक नेपाली मुलकी युवतीको हत्या भएको थियो । भारतको सिक्किम घर भइ नेपाली राहादानी बाहक आइतमाया मगरको हत्या भएको हो | उनी स्थानिय दर्शन नमस्ते रेष्टुरेन्टमा कार्यरत थिइन ।

सामान्य विवादका क्रममा ग्राहक बनेर आएका ती युवाले युवतीमाथी छुरा प्रहार गरेको बताइएको छ | हत्याको अभियोगमा पक्राउ परेका ति युवा युवा प्रहरी नियन्त्रणमा छ्न भने मृतकको शव पोष्टमार्टमका लागि अस्पताल लगिएको छ |

हत्या गर्नु पुर्व ती युवाले सोही रेष्टुरेन्टमा मदिरा सेवन गरेको बताइएको छ | हत्याको कारण भने खुलेको छैन |

यस बिषयमा तपाइको प्रतिक्रिया...!