साउदी र बहराइनमा अवैध बसेकालाई घर फर्किने अवसर

Posted on: 12 Nov, 2020

कार्त्तिक २७, काठमाडौं । साउदी अरब र ओमानमा गैर कानूनी भई बसेका अलेखबद्ध नेपालीहरू घर फर्कन पाउने भएका छन् । ओमानको श्रम मन्त्रालयले आफ्नो मुलुकमा अलेखबद्ध भई काम गरिरहेका नेपाली नागरिकहरू आफ्नै खर्चमा स्वदेश फर्कन चाहेमा श्रम सम्वन्धी जरिवाना तिर्नु नपर्ने बताएको छ । 

तर त्यस्ता व्यक्तिहरु १५ नोभेम्बर देखि ३१ डिसेम्बर २०२० सम्मको अवधिमा स्वदेश फर्किसक्नुपर्ने छ । ओमानस्थित नेपालीे दूतावासले नेपाल फर्किन चाहने नेपालीहरूले पासपोर्टको म्याद सकिएको भएमा वा ट्राभल डकुमेन्ट बनाउन परेमा वा यस सम्बन्धी  अन्य केही बुझ्न परेमा दूतावासमा सम्पर्क गर्न आग्रह गरेको छ । 

त्यस्तै साउदी अरेबियामा रहेका नेपालीहरुले बहिर्गमन भिसाका लागि निःशुल्क निवेदन दिन पाउने भएका छन् । स्वदेश फर्कन चाहेका तर अकमा नबनाइएका, अकमा नवीकरण नभएका र कम्पनीबाट बहिर्गमन भिसा प्राप्त गर्न नसकी अलपत्र परेकाहरुले  बहिर्गमन भिसाका लागि आवेदन दिन पाउने साउदीस्थित नेपाली दूतावासले जनाएको छ । कात्तिक २९ गते अर्थात नोभेम्बर १४ सम्म दूतावासको ह्वाट्सएप (०५०००२१४०९)मा आफ्नो कागजात पठाउन सकिने दूतावासले बताएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!