कात्तिक २७, काठमाडौँ | कोरोना महामारीपछि वैदेशिक रोजगारीमा नयाँ कामदार जान नपाएको अवस्थामा बिभिन्न म्यानपावर कम्पनीमा हजारौं कम्पनीले मागपत्र पठाएको पाइएको छ । यसबारे नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णु प्रसाद गैरेले साझा सबाललाई जानकारी गराएका छन् ।
कोरोनाको कहरबीच बेरोजगार युवाहरुले वैदेशिक रोजगारमा जान दशैंपछि निकै सक्रिय रुपमा उपत्यका छिर्ने र वैदेशिक रोजगार सम्बन्धि चासो दिन थालेको अध्यक्ष गैरेले जानकारी दिएका छन् । कोरोनाको कारण विदेशका कयौं कम्पनीमा कामदार अभाव भएको अवस्थामा स्वास्थ्य प्रोटोकल पालना गरि नयाँ कामदार पठाउने सबै प्रक्रिया खूला गर्नुपर्ने अध्यक्ष गैरेले बताए । उनले भने 'अहिले सरकारले वैदेशिक रोजगारमा पठाउने सबै श्रम स्वीकृति खुला गरेको भए पनि सम्बन्धित देशका दुतावासले मागपत्रको प्रमाणीकरण नगरेको कारण नयाँ कामदार विदेश जान पाएका छैनन् । समस्याग्रस्त कम्पनीको मागपत्रमा दुतावासले प्रमाणीकरण नगरेपनि विदेशका राम्रा कम्पनीको मागपत्र प्रमाणीकरण गर्नुपर्छ ।'
अध्यक्ष गैरेले तिहारपछि म्यानपावर कम्पनीहरु खोल्नुको विकल्प नरहेको बताएका छन् । उनले केहि दिनमा बिभिन्न देशका दुतावासले वैदेशिक रोजगारका नयाँ मागपत्र प्रमाणीकरणको काम सुरु गर्नेमा आफू आशावादी रहेको बताए ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!