अफगानिस्तानबाट ११३ नेपालीको लागि डिमाण्ड आयो, मासिक तलव १ लाख १८ हजार

Posted on: 06 Nov, 2020

कार्त्तिक २१, काठमाडौं । अफगानिस्तानमा १ सय १३ जना नेपालीको लागि रोजगारीको अवसर आएको छ । अफगानिस्तानको GARDWORLD FEDERAL SERVICE कम्पनीले १ सय १३ जना Armed Guard को माग गरेको हो । 

डिमाण्ड हेर्न यहाँ क्लिक गर्नुहोला 

नेपालको एफ एस आई वर्ल्डवाइड नेपाल प्रा. लि. (साविकको नामः ईएमपी नेपाल प्रा.लि.) ले  १ सय १३ जनाको डिमाण्ड वैदेशिक रोजगार कार्यालय ताहाचलबाट २०७६बैशाख १३ गते पूर्व स्वीकृति र २०७७ कार्त्तिक १६ गते पुन: स्वीकृति लिएको हो । फ्री भिसा फ्री टिकट सहित जानको लागि म्यानपावर कम्पनीलाई सेवा शुल्क तिर्नु नपर्ने कम्पनीले जनाएको छ । खान बस्न सुविधा सहित मासिक तलब एक हजार अमेरिकी डलर अर्थात् १ लाख १८ हजार २७० रुपैयाँ रहेको छ ।

इण्डियन आर्मीको हकमा उमेर ४१ वर्ष ननाघेको, अवकाश पत्र र पी.पी.ओ. अनिवार्य रूपमा हुनुपनेछ । नेपाल आमीको हकमा उमेर ४० वर्ष ननाघेको अवकास पत्र र पेन्सन पट्टा भएको साथै अनिवार्य एसएलसी उत्तीर्ण गरेको सक्कल प्रमाण पत्र हुनुपर्नेछ । सिंध नाथ गण (Commando) भैरवनाथ गण (Para Commando), युद्ध भैरत गण (Special Force), महातीर अण Rangers जस्ता गण बाट अवकाश (पेन्सन) भएकाहरुलाई मात्र यो अवसर रहेको कम्पनीले जनाएको छ । यी मापदण्डहरू मेल खाने इच्छुकले कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ । फाइनल अन्तरवार्ता यहि कात्तिक २५ गते हुने जनाइको छ ।

सक्कल प्रमाणपत्र अनिवार्य हुनुपर्ने साथै यदि नक्कली मेटिएमा सम्बन्धित निकायबाट कारवाही हुने जनाइको छ ।  शनिवार र आइतबार कार्यालय बन्द रहनेछ ।

वैदेशिक रोजगार विभागबाट गराइएको जानकारी 

१. आफ्नो नाममा मिसा प्राप्त भईजाने निश्चित भएपछि मात्र कम्पनीमा गई रकम बुझाउनु होला । बुझाएको रकमको भौचर अनिवार्य लिनुहोला । 

२. आफु काम गर्न जाने मुलकामा रहेको नेपाली कुटनीतिक नियोगको सम्पर्क ठेगाना र फोन नम्बरहरु साथमा राख्नुहोला । आफु कठिनाईमा पर्दा सजिलो हुन्छ । 

३. यस विज्ञापन सूचनामा उल्लेख भएको भन्दा बढी रकम कसैलाई नदिनहोला ।

४.. विदेश जानुअघि  अभिमुखीकरण वा इडवरान तालिम अनिवार्य लिनुपने छ ।

५. विदेश जानुअघि  आफु  जाने मुलुक, काम दिने कम्पनी, पाउने सेवा तथा सुविधा र अन्य सर्तबारे राम्रोसंग पढेर मात्र सम्झौतापत्रमा हस्ताक्षर गर्नु होला र सो को एक प्रति आफुसंग राख्नुहोला ६.. काममा विदेश जाँदा नेपालको विमानस्थल प्रयोग गर्नुहोला अन्यथा ठगिने सम्भाव्यता हुन्छ । 

६. यस विज्ञापन सम्बन्धमा थप केहि बुझ्नुपरेमा  वैदेशिक रोजगार विभाग बुद्धनगरमा सम्पर्क गर्नुहोला ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!