३० दिनमा ८ हजार बढीले लिए विदेश जान श्रम स्वीकृति, कुन देशमा कति ?

Posted on: 01 Nov, 2020

कात्तिक १६, काठमाण्डौ | कोरोना महामारीका बीच असोज महिनामा मात्रै वैदेशिक रोजगारीमा जान ८ हजार ९७ जनाले श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार बिभागको तथ्यांक अनुसार असोज महिनामा ६४ देशमा जानका लागि व्यक्तिगत र संस्थागत गरी श्रम स्वीकृति दिईएको हो । 

बिभागका अनुसार असोज महिनामा ७ हजार ६७६ जना पुरुष र ४२१ जना महिलाले श्रम स्वीकृति लिएका छन् । श्रम स्वीकृति लिनेहरुमा सबैभन्दा धेरै खाडीका देशका लागि छन् । जसमध्ये साउदी जानको लागि २ हजार ८ सय ३१ जनाले श्रम स्वीकृति लिएका छन् भने संयुक्त अरब इमिरेट्स (यूएई) जानका लागि २ हजार ६ सय ५१ जनाले श्रम स्वीकृति लिएका छन् ।

त्यस्तै कतार जानका लागि १ हजार ३ सय ५१ जनाले श्रम स्वीकृति लिएका छन् । त्यस्तै बहराइन जानका लागि १ सय १३ जनाले श्रम स्वीकृति लिएका छन् भने खाडीकै अर्को देश कुवेत जानका लागि १ सय ३ जनाले श्रम स्वीकृति लिएका छन् । त्यस्तै ओमान जानका लागि १ सय ६ जनाले र मलेसिया जान १ सय ३ जनाले श्रम स्वीकृति लिएका छन् । 

यसअघि भदौ महिनामा १ हजार ५ सय २५ जनाले श्रम स्वीकृति लिएका थिए । 

हेर्नुहोस असोज महिनामा कुन देश जान कतिले श्रम स्वीकृति लिए ? 


यस बिषयमा तपाइको प्रतिक्रिया...!