साउदीबाट १ हजार १३१ जनाले पाए बहिर्गमन भिषा, नेपाल जाने तयारी गर्न अनुरोध

Posted on: 15 Oct, 2020

असोज २९, साउदी अरेबिया | साउदी अरेबियामा अवैध रूपमा कार्यरत रहेर नविकरण नगरेका नेपालीहरुलाई साउदी सरकारले बहिर्गमन भिसा दिएको छ। भिसा पाएका उनीहरू अब स्वदेश फिर्ता हुने भएका छन्।

दूतावास रियाद र वाणिज्य दूतावास जेद्धाका अनुसार बहिगर्मन भिसा फारम भरेकाहरुमध्ये ३७ जनाले बहिर्गामा भिषा पाएका हुन् । दूतावास रियादले बहिगर्मन भिसा पाउने नेपालीकोनामावली आफ्नो फेसबुक पेजमा सार्वजनिक गरेको छ भने बाँकी बहिर्गमन भिसाको लागि आवश्यक कार्य भइरहेको जानकारी समेत गराएको छ।

बहिर्गमन भिसा पाउँनेले भिसा जारी मितिले ६० दिन भित्र साउदी अरेबिया छोडि सक्नुपर्नेछ भने साउदी अरेबियामा कानुनी रूपमा लगभग ३ लाख १५ हजार नेपाली कार्यरत रहेका छन्।

दुतावासका अनुसार यो प्रकृयाको थालनी भएदेखि साउदी सरकारले हालसम्म १ हजार १३१ जना नेपालीहरुलाई बहिर्गमन भीसा जारी गरेको छ । यस मध्ये १ देखि १,०९४ सम्मको सूचि यसअघि नै प्रकाशन गरिसकिएको दुतावासले जनाएको छ । 

साथै, विभिन्न व्यक्तिहरुले झुठा विवरण दिई दूतावास समक्ष वहिर्गमन भिषा (Exit Visa)का लागि राहदानी तथा ईकामा पेश गरे अनुरुप दूतावासको सिफारिसमा Exit Visa लागेमा यसबाट सिर्जना हुने समस्यमाका लागि सम्बन्धित व्यक्ति स्वयं नै जम्मेवार हुनुपर्ने व्यहोरा दुतावासले जानकारी गराएको छ ।

दुतावासले बहिर्गमन भीसा जारी भएकाहरुले नेपाल जाने तयारी गर्न समेत अनुरोध गरेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!