वैदेशिक रोजगार बोर्डवाट प्रदान गरिने आर्थिक सहायता अर्को सूचना नभएसम्मको लागि वन्द

Posted on: 04 Oct, 2020

असोज १८, काठमाडौं ।  वैदेशिक रोजगार बोर्ड सचिवालयवाट प्रदान गरिने आर्थिक सहायता अर्को सूचना नभएसम्मको लागि वन्द गरिएको छ । वोर्ड सचिवालयमा कार्यरत कर्मचारीलाई कोभिड-१९ संक्रमण भएको हुँदा सेवाग्राही तथा सेवा प्रदायकको स्वास्थ्य सुरक्षालाई दृष्टिगत गरी अर्को सूचना नभएसम्म सचिवालयवाट प्रदान गरिने आर्थिक सहायता सम्बन्धी संपूर्ण सेवा वन्द गरिएको छ। 

सचिवालयबाट प्राप्त हुने आर्थिक सहायताका लागि सम्बन्धित व्यक्तिले आवश्यक कागजात सहित स्थानीय तहमा निवेदन दिई स्थानीय तहले कागजातहरु रुजु गरी आधिकारिक ईमेल वाट बोर्ड सचिवालयको ईमेल [email protected] मा प्राप्त भएमा सचिवालयले कागजातहरु रुजु गरी सम्बन्धित व्यक्तिको बैंक खातामा आर्थिक सहायता वापतको रकम पठाउने वोर्डले जनाएको छ ।

सचिवालयबाट अत्यावश्यक सेवा अन्तर्गत गरिने शव ढुवानीको कार्य सूचारु रहेको वोर्डले जनाएको छ । यसका लागि सचिवालयका कर्मचारीहरु शाखा अधिकृत श्री गोविन्द प्रसाद आचार्य, मोवाईल नं ९८४१७५५४५१ र ना. सु श्री आशिष कुमार भण्डारी, मोबाईल नं ९८५१२२६४१९ मा सम्पर्क गर्नुहुन वोर्डले अनुरोध गरेको छ । थप जानकारीका लागि श्रम कल सेन्टरको ११४१ नम्बरमा सम्पर्क गर्न सकिनेछ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!