ताहचल कार्यालयबाट सोमवार देखि श्रम स्वीकृति लिन पाइने

Posted on: 04 Oct, 2020

असोज १८, काठमाडौं । वैदेशिक रोजगार कार्यालय, ताहचलले सोमवार देखि श्रम स्वीकृति दिन सुरु गर्ने भएको छ । भिसाको अवधि सकिन लागेका तथा तत्काल गन्तब्य मुलुकमा पुग्न नसकी बेरोजगारी गुम्ने जोखिम भएका सेवाग्राहीहरुको समस्यालाई मध्यनजर राखी १९ गते सोमबार बाट सावधानीपूर्वक सिमित सेवा संचालन गरिन लागेको वैदेशिक रोजगार विभागका सूचना अधिकारी टिकामणि नेउपानेले साझा सबाललाई जानकारी दिए  ।

कार्यालयका एक कर्मचारीमा कोरोना संक्रमण देखिएपछि कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवा गत बुधबारबाट बन्द गरिएको थियो । सबै कर्मचारीको पिसिआर परीक्षण गरिएको छ रिपोर्ट आउँ बाँकि छ नेउपानेले भने 'हाललाई अत्याश्यक भएकालाई प्राथमिकता दिनेगरी सिमित सेवा दिन लागिएको हो, कर्मचारीहरुको पिसिआर रिपोर्ट आएपछि थप के गर्ने निर्णय हुनेछ । 

सेवाग्रहीहरुले सामाजिक दूरी का साथै स्वास्थ्य सम्बन्धी सुरक्षाका अन्य मापदण्डको पालना अनिवार्य रुपमा गरी सहयोग गर्न उनले अनुरोध गरेका छन् । सामाजिक दूरी कायम गर्न कार्यालय परिसरमा लगाइएको गोलो चिन्हमा रहेर मात्र सेवा लिन र सोपूर्व साबुनपानीले हात धुन अनिवार्य गरिएको उनले बताए । तत्काल रोजगारीमा जानु नपर्नेहरुलाई अबको दुई हप्तासम्म श्रम स्वीकृतिका लागि आवेदन नदिन समेत कार्यालयले अनुरोध गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!