मनोज पराजुली । असोज १४, काठमाडौं । वैदेशिक रोजगार विभाग अन्तर्गत काठमाडौंको ताहाचल कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवा बन्द भएको छ । कार्यालयका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवा बन्द गरिएको विभागका महानिर्देशक कुमार दाहालले साझा सवाललाई जानकारी दिए ।
कार्यालयमा कार्यरत एक कर्मचारीलाई नै संक्रमण देखिएपछि सेवा दिन सक्ने अवस्था रहेन महानिर्देशक दाहालले भने '५०/६० जना कर्मचारी भएको ठाउँमा सबैलाई सर्न सक्छ, कतिलाई सरेको पनि हुनसक्छ त्यसैले अर्को सूचना जारी नभएसम्मका लागि कार्यालयबाट प्रवाह गरिने सम्पूर्ण सेवा बन्द गरेका छौं ।'
सरकारले गत वर्ष फागुन २९ बाट वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति बन्द गर्ने निर्णय गरेको थियो सो पश्च्यात गत असार १८ गतेबाट पुन श्रम स्वीकृति र भदौ १४ गतेबाट नयाँ श्रम स्वीकृति समेत खोल्ने निर्णय गरेको थियो । असोज एक गतेसम्म कुल ७ हजार १ सय ७१ जनाले श्रम स्वीकृति लिएका छन् ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!