साउदीद्वारा ८६४ जना नेपालीको बहिर्गमन भीसा जारी (नामावली सहित)

Posted on: 04 Sep, 2020

भदौ १९, काठमाडौँ | साउदी सरकारले ८६४ जना नेपालीको बहिर्गमन भीसा जारी गरेको साउदी स्थित नेपाली दुतावासले जानकारी दिएको छ । 

दुतावासले बहिर्गमन भीसाका लागि आवेदन दिएका केही व्यक्तिको इक्जिट भिषा प्राप्त भएको जनाएको छ । दुतावासले एक बिज्ञप्ति जारी गर्दै दुतावासले जानकारी दिएको छ 'साउदी अरेबियाका विभिन्न कम्पनी, प्रतिष्ठानहरुमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र (अकामा) नबनाईएका वा नवीकरण नगरिएका कारण स्वदेश फर्कन चाहने नेपालीहरुलाई स्वदेश फर्काउन आवश्यक वहिर्गमन भीसा सहज र शीघ्ररुपमा प्रदान गर्ने व्यवस्थाका लागि साउदी सरकारलाई दुतावासले अनुरोध गरे बमोजिम साउदी सरकारले निम्न उल्लिखित नेपालीहरुको नाममा बहिर्गमन भिषा प्रदान गरेको छ ।' 

दुतावासका अनुसार प्रकृयाको थालनी भएदेखि साउदी सरकारले हालसम्म ८६४ जना नेपालीहरुलाई बहिर्गमन भीसा जारी गरेको छ । दुतावासले आवेदन दिएका मध्ये ७३८ जनाको सूचि यसअघि नै प्रकाशन गरिसकिएको जनाएको छ । नयाँ Exit visa जारी भएका १२६ जना नेपालीको नामावली दुतावासले जानकारी दिएको छ ।

दुतावासले बहिर्गमन भीसा जारी भएकाहरुले आगामी दिनमा नेपाल एयरलाइन्स र हिमालय एयरलाईन्सले साउदी अरबको रियाद र दमामबाट गर्ने उडानहरुबाट नेपाल जाने तयारी गर्नु हुन अनुरोध गरेको छ ।

नामावली हेर्नुहोस् 


यस बिषयमा तपाइको प्रतिक्रिया...!