विदामा नेपाल आएकाहरुले यी ४ सर्त पालना गरेर बहराइन जान सक्ने (नामावली सहित)

Posted on: 04 Sep, 2020

भदौ १९, काठमाडौँ | विदामा बहराइनबाट नेपाल आएकाहरुले बिभिन्न सर्त पालना गरेर बहराइन जान पाउने सम्बन्धमा बहराइन स्थित नेपाली दुतावासले सूचना जारी गरेको छ | 

दुतावासले विज्ञाप्तिमा उल्लेख गरेको छ 'विश्वव्यापी कोरोना महामारीको कारण उडान स्थगित भएका कारण विदामा बहराइनबाट आएकाहरु नेपालमै रोकिन परेकाहरुले बहराइन आउन सक्ने संकेत गर्दै यात्रुहरुको सूची समेत सार्वजनिक गरेको छ | 

दुतावासले सूची सहित बहराइन जाँदा पालना गर्नुपर्ने बिभिन्न चार सर्तको बारेमा समेत सचेत गराएको छ | 

बहराइन जानेहरुले भ्यालिड भिषा, श्रम स्वीकृति, कोरोनाको नेगेटिभ रिपोर्ट तथा कागजात साथमा लिएर जानुपर्नेछ | साथै आफ्नो रोजगारदाताले रोजगार दिने अवास्थाजी ग्यारेन्टी आफैले गर्नुपर्ने हुन्छ | त्यस्तै बहराइन पुगेपछि ३० बिडी शुल्क तिरेर कोरोना परीक्षण गराई ७ दिन आइसोलेसन बसेर पुन: ३० बिडी शुल्क तिरेर कोरोना परीक्षण गराउनुपर्नेछ |

दुतावासका अनुसार बहराइन गएपछि कुनै कारण अध्यागमन बिभागले फिर्ता गरेमा त्यसको जिम्मा समेत आफैले लिनु पर्नेछ | 

 


यस बिषयमा तपाइको प्रतिक्रिया...!