कहिले खुल्छ नयाँ श्रम स्वीकृति ? श्रममन्त्री यसो भन्छन्

Posted on: 30 Aug, 2020

भदौ १४, काठमाडौं । सरकारले वैदेशिक रोजगारीका लागे नयाँ श्रम स्वीकृति खोल्ने तयारी गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आर्थिक वर्ष २०७६/७७ मा सम्पादन गरेका कार्य प्रगति तथा चालु आव २०७७/७८ को लागि लक्ष्य घोषणा गर्न आइतवार मन्त्रालयमा आयोजित भर्चुअल पत्रकार सम्मेलनमा बोल्दै श्रममन्त्री रामेश्वर राय यादवले नयाँ श्रम स्वीकृति अन्तर्राष्ट्रिय उडान सुचारु भएपछि खुल्ने जानकारी दिएका हुन् ।

कोरोना भाइरसको महामारी फैलिएपछि गत वर्ष फागुन २९ बाट वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति स्थगन गरिएको थियो । सो पश्च्यात गत असार १८ बाट सरकारले पुन: श्रम स्वीकृति खुला गरेको थियो तर नयाँ श्रम स्वीकृति हाल खुला गरिएको छैन ।

‘अहिलेको परिस्थितिमा श्रम स्वीकृति दिने विषय मन्त्रीपरिषदमा विचाराधीन छ, श्रम गन्तब्य देशमा सहज हुनासाथ र अन्तर्राष्ट्रिय हवाई उडान शुरु भएपछि श्रम स्वीकृति सुचारु गछौं’ मन्त्री यादवले भने ।

सरकारले भदौ १६ गतेदेखि नियमित अन्तर्राष्ट्रिय उडान सुचारु गर्ने निर्णय गरिसकेको  छ । नियमित उडानतर्फ विदेशी एयरलाइन्समा मालिन्दो, कतार एयर, टर्किस एयर, क्याथे ड्रयागन, कोरियन एयर, चाइना साउर्दन, एयर चाइना, एयर अरेयिबा, फ्लाइ दुबई लगायतका १० वटा एयरलाइन्सले उडान अनुमति पाएका छन् । त्यसैगरी नेपाल एयरलाइन्सले जापन, मलेसिया, हङकङ उडान गर्नेछ भने हिमालय एयरलाइन्सले चीनको छोङकुइन, मलेसिया र आबुधावीमा उडान गर्ने छन्  ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!