आज विदेशबाट ४३७ नेपाली स्वदेश आए, दुई जहाज मलेसिया गए (बिज्ञप्ति सहित)

Posted on: 27 Aug, 2020

भदौ ११, काठमाण्डौ | कोभिड १९ विश्वव्यापी संक्रमणबाट उत्पन्न असहज परिस्थितिका कारण विदेशमा अलपत्र परेका नेपालीलाई ल्याउने क्रममा आज बिहीबार साउदीबाट ४१७ जना र टर्किबाट २० जना नेपाल आएका छन् ।

साउदीको दम्मामबाट हिमालय एयरलाइन्सको H95602  जहाजबाट २ शब सहित १५४ जना नेपाली स्वदेश आएका छन् ।

त्यस्तै आजै साउदीको रियादबाट नेपाल एयरलाइन्सको RA2192 उडानबाट ४ शव सहित २६३ जना नेपाली स्वदेश फर्किएका छन् । जसमा ६ जना कुटनीतिज्ञहरु नेपाल आएका छन् । 

त्यस्तै आजै टर्किबाट टर्किस एयरलाइन्समार्फत १५ जना नेपाली र ५ जना कुटनितिज्ञ नेपाल आएका छन् । 


त्यस्तै आज राति हिमालय र नेपाल एअरलाइन्सका एक/एक जहाज मलेसियाको क्लालाम्पुरमा नेपालीलाई लिन गएका छन् । यी दुई जहाजमार्फत मलेसियाबाट भोलि बिहान नेपालीहरु स्वदेश आइपुग्नेछन् ।

अहिले नेपालीको स्वदेश फिर्तीका लागि चार्टर्ड उडान भइरहेको छ भने मलेसिया, यूएई र कतारबाट भदौ १६ गतेदेखि नियमित उडान हुँदैछन् । नियमित उडानमा आउनेले पीसीआर परीक्षण अनिवार्य गरेर यात्रा गर्नुपर्ने नियम छ भने कोरोना परीक्षण सहज नभएका देशहरु साउदी, कुवेत लगायतका देशबाट आउँदा चार्टर्ड उडानबाट आउनुपर्ने भएको छ ।

स्वदेश फर्कने तय भएकाहरुले कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को वेवसाइटमा राखिएको फर्म भरेर त्यसको बारकोड वा प्रिन्ट अनिवार्य साथमा ल्याउनुपर्नेछ । कुनै यात्रुले यस्तो फारम भर्न छुटाएको भए सम्बन्धित वायुसेवा कम्पनीले अनबोर्ड गर्दाकै समयमा फारम यात्रुलाई उपलब्ध गराउनुपर्ने सर्तसमेत राखिएको छ ।

कसरी भर्ने अनलाइनबाटै फारम ? तल दिएको लिंकमा क्लिक गरि हेर्नुहोस् 

https://youtu.be/8P5qz2GD6Bo

यस बिषयमा तपाइको प्रतिक्रिया...!