विदेशबाट उद्धार उडान पुन: सञ्चालन गर्ने निर्णय, होटल क्वारेण्टीनको सूची र मूल्य हेर्नुहोस्

Posted on: 21 Aug, 2020

भदौ ५, काठमाडौँ | विदेशमा सामस्यामा परेका नेपालीहरुलाई स्वदेश फर्काउन बन्द भएका उद्धार उडान फेरि सुचारू हुने भएका छन् । बिहिबार साँझको निर्णय अनुसार सरकारले विदेशमा अलपत्र परेका नागरिकहरुलाई उद्धार गर्न तत्काल उडान सुरु गर्ने निर्णय गरेको हो । 

गत मंगलबार कोभिड– १९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीले उद्धार उडानहरू स्थगित गर्ने निर्णय गरेको थियो ।  उक्त निर्णयको बिदेशमा बसेका नेपालीहरुले चौतर्फी बिरोध गरेका थिए । मन्त्रिपरिषद्को हिजोको बसेको बैठकले सर्तसहित उद्धार उडान खुलाउने निर्णय गरेसंगै फेरी हवाई उडान सुचारू हुने भएका छन् ।

सरकारले गरेको निर्णय अनुसार अब स्वदेश फर्कने नेपालीले पीसीआर परीक्षण अनिवार्य गरि सो को रिपोर्ट पेश गर्नुपर्ने भएको छ । साथै काठमाडौँ आईसकेपछि अनिवार्य होटल क्वरेण्टीनमा बस्नुपर्ने भएको छ । 

होटलमा बस्न नसक्ने नेपालीहरुलाई भने सरकारले ल्याउने भएको छ, तर उनीहरूले पनि सरकारले तोकेको क्वरेण्टीनमा बस्नुपर्ने भएको छ । 

विदेशबाट आएकाहरुलाई राख्नको लागि सरकारले काठमाण्डौका होटलको विवरण समेत सार्वजनिक गरेको छ । 

होटल क्वरेण्टीनको सूची र मूल्य विवरण हेर्न यहाँ क्लिक गर्नुहोस:​

यस बिषयमा तपाइको प्रतिक्रिया...!