युएईबाट नेपालका लागि १५ दिनमा १५ उडान हुने, हेर्नुहोस् उडान तालिका सहित

Posted on: 16 Aug, 2020

साउन ३२, काठमाडौं । संयुक्त अरव ईमिरेट्स (युएई) बाट नेपालका लागि अगष्ट १७ देखि अगष्ट ३१ भित्रमा १५ वटा उडान हुने तय भएको छ । युएई स्थित नेपाली दूतावासले विज्ञप्ती जारी गर्दै ति उडानका लागि यसअघि दुई पटक सार्वजनिक गरिएको सूचिमा नाम समावेश भएका व्यक्तिहरुलाई आफूलाई पायक पर्ने एयरलाइन्सको टिकट लिन सूचित गरेको छ ।

दूतावासका अनुसार यसबीचमा सवैभन्दा धेरै नेपाल एयरलाइन्सको उडान तय भएको छ । नेपाल एयरलाइन्सले अगष्ट १७, २१, २५, २७, २९ र ३१ गरी ६ वटा उडान गर्ने छ । यसैगरी हिमालय एयरलाइन्सले अगष्ट २५, २७, २९ र ३१ गरी चारवटा उडान गर्ने भएको छ । एयर अरेवियाले अगष्ट २५ तथा ३१, फ्लाई दुवईले अगष्ट १७ र २० तथा ईत्तिहाद एयरले अगष्ट २७ मा एक उडान गर्नेछ ।

दूतावासका अनुसार सो उडानबाट नेपाल फर्किन यसअ गाडी दूतावासले जुलाई १२ तारिख तथा १३ अगष्टमा सार्वजनिक गरेको सूचिमा परेका व्यक्तिहरुले टिकट काट्न सक्नेछन् ।

नेपाल फर्किनेहरुले अनिवार्य रुपमा कोभिड १९ को पिसिआर वा आरडीटी परीक्षण गरी फिट टु फ्लाईको प्रमाणपत्र लिनु पर्ने दूतावासले स्पष्ट पारेको छ । यसैगरी कोभिड १९ संकट व्यवस्थापन सञ्चालन केन्द्रको वेभसाइटमा राखिएको विदेशबाट नेपाल फर्किने व्यक्तिले भर्नुपर्ने फारम भरी सो पश्चात प्राप्त हुने बारकोड प्रिन्ट गरेर आफ्नो साथमा लिएर नेपाल यात्रा गर्न दूतावासले अनुरोध गरेको छ ।

हेर्नुहोस् दुतावासको सूचना 


यस बिषयमा तपाइको प्रतिक्रिया...!