साउन २२, काठमाडौँ । के तपाइले बैदेशिक रोजगार विभागमा न्यायका लागि निवेदन दिनुभएको थियो ? कि निवेदन दिएर पनि सुनुवाई भएन भनेर बसिरहनुभएको छ ? यदि त्यसो हो भने आजै बैदेशिक रोजगार विभागमा सम्पर्क गर्नुहोला ।
पछिल्लो समय विभागले पीडितका उजुरीहरुको सुनुवाई गर्नमा तीव्रता दिएको जनाएको छ । विभागले पीडितहरुले छिटोभन्दा छिटो न्याय पाउन भन्ने चाहना बमोजिम पुराना उजुरीहरुको सुनुवाई शुरु गरेको जनाएको हो ।
हामीले पुराना उजुरीहरुका सम्बन्धमा फाइल खोल्यौं विभागका महानिर्देशक डा.भीष्मकुमार भुसालले भनेका छन् ‘७०४ वटा उजुरीहरुको छानवीन गरी यो सूचना प्रकाशित गरेका छौं, कतै तपाई वा तपाईंका आफन्तको गुनासो यहाँ पो छ कि ?’
वैदेशिक रोजगारीको लागि विभिन्न इजाजत प्राप्त संस्था (म्यानपावर) मार्फत गएका तर करार वमोजिम काम, सेवा सुविधा नपाएको भनि विभागमा उजुरी दर्ता गरेका निवेदकहरुलाई विभागमा सम्पर्क गर्न भनिएको महानिर्देशक भुसालले बताए ।
लामो समय सम्म पनि सम्पर्क नभएका र संस्थाबाट सूचना लगायतका विभिन्न प्रयासबाट सम्पर्क नभएका उजुरीकर्ताहरुको सूचीसहितको लिष्ट विभागको वेभसाइटमा पनि राखिएको विभागले महानिर्देशक भुसालले बताएका छन् । लिष्टमा उल्लेखित उजुरीकर्ताले आवश्यक प्रमाण सहित आफ्नो गुनासो सम्बोधनको लागि विभागमा सम्पर्क गरेमा सो छानविन गरी आवश्यक निर्णय गरी क्षतिपूर्ति दिलाईने महानिर्देशक भुसालले बताएका छन् ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!