दुवईमा सडक दुर्घटनामा परी एक नेपालीको मृत्यु

Posted on: 23 May, 2018

 प्रेम सुनार/जेठ–९ गुल्मी ।  गुल्मीका एक युवाको दुवईमा सडक दुर्घटना परी ज्यान गएको खवर प्राप्त भएको छ । गुल्मीको मालिका गाउँपालिका वडा नम्वर २, दर्लिङ्ग ठुल्ढुङ्गे गाउँका३० वर्षिय खड्गबहादुर बिकको ज्यान गएको हो । गत शुक्रवार उनको दुवईको सडकमा बाटो काट्ने क्रममा गाडीले हानी घटना स्थलमा ज्यान गए पनि परिवारलाई आज मात्र जानकारी  दिईएको हो ।

१५ महिना अघि दुवई उडेका बिकको घरमा अहिले एक श्रीमति मात्रै रहेकी छन्  । दिदी वहिनीको विवाह भएको र उनका दाजु रुपन्देहीमा बसाई सराई गरेका छन् । विपन्न परिवारका बिक त्यस अघि मलेशियाबाट फर्केका थिए । उनी र  बाग्लुङ्ग जलजलाकी लक्ष्मीसंग प्रेम विवाह भएको थियो ।  तिन वर्ष अघि विवाह भए पनि बढि मात्रमा विदेशको वसाई भएकोले सन्तानको रहर गर्दागर्दै उनको त्यो रहर अधुरै रहेको छ ।

माईती घर पुगेकी उनकी श्रीमति लक्ष्मी यति वेला मुर्छित बनेकी छन् । उनको शव ल्याउने प्रकृयाका लागि आफुहरु वडामा कागज पत्र तयारी गर्दै रहेको मृतकका भिनाजस रविलाल बिकले बताए । स्थानि समाज सेवी महेन्द्र बिसीका अनुसार उनि १५ महिना अघि काठमाण्डौंको  बिएस ओभरसिज म्यानपावरबाट दुवईको अलमना हाईपर सुपरमार्केटको कामदारका रुपमा  उडेका थिए ।

प्रकाश सपुतको गीत गुनगुनाउँदै आफन्त

हालै प्रकाश सपुतको ‘वोल न माया एक वचन वोल’ तिम्रै वोली छ मलाई अनमोल’ वोलको गीत उनको मृत्युको खवर संगै उनका आफन्त र छिमेकीले गुनगुनाउन थालेका छन् ।  उक्त गीतको अन्तरमा– ‘धन ल्याउँ छु भन्दै गएका थियौं उडेर आकाशमा , कस्तो भई गयौं कस्तो भई आयौं काठको वाकसमा...’ भनिए झैको  विलौना  र चित्कारमा छन बिक पत्नी लक्ष्मी पनि।


यस बिषयमा तपाइको प्रतिक्रिया...!