इजरायलमा केयरगिभरका लागि परेका आवेदनहरूमा छानबिन जारी: श्रम मन्त्रालय

Posted on: 10 Sep, 2024

भदौ २५, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इजरायलमा केयरगिभरका लागि परेका आवेदनहरूमा छानबिन प्रकृयामा रहेको जनाएको छ । रोजगार व्यवस्थापन महाशाखाले एक विज्ञप्ति जारी गर्दै केयरगिभरका लागि परेका केही आवेदकहरूले पेस गरेका कागजातमा कैफियत देखिएका जनाएका छन् ।

हाल कागजातहरू छानबिनको प्रक्रियामा रहेको र छानबिन प्रक्रिया सकिएपछि मात्र थप प्रक्रिया अगाडि बढाइने बताए । नक्कली कागजात पेस गरेको भन्दै वैदेशिक रोजगार विभागले ५६३ वटा आवेदन रद्द गरेको थियो । त्यसपछि श्रम मन्त्रालयले उपसचिव मेघनाथ रिमालको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । समितिले छानबिन गरेर प्रतिवेदन बुझाई सकेको छ । छानबिनको क्रममा केही कागजातहरुमा कैफियत देखिएको छ । अब मन्त्रालयले यस विषयमा निर्णय गरेपछि मात्रै थप प्रक्रिया अगाडि बढ्नेछ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!