वैदेशिक रोजगारमा जानेहरुको स्वास्थ्य परीक्षणको शुल्क बढ्यो, कति पुग्यो ?

Posted on: 17 Jul, 2023

साउन १, काठमाडौँ । वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले अनिवार्य गर्नुपर्ने स्वास्थ्य परीक्षणको शुल्क बढाइएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गर्दै स्वास्थ्य परीक्षण शुल्क बढाएको हो । 


आइतबार श्रममन्त्री शरतसिंह भण्डारीले मन्त्रिस्तरीय निर्णय गरि शुल्क बढाएका हुन् । यसअघि वैदेशिक रोजगारमा जाने श्रमिकहरुसँग स्वास्थ्य परीक्षणको शुल्क फरक-फरक पर्ने गरेकोमा अब स्वास्थ्य परीक्षण शुल्कको अन्तिम बिन्दु समेत तोकिएको छ । अब ६ हजार ५०० रुपैयाँभन्दा बढी लिन नपाउने गराईएको छ । 

सबैलाई समान गर्ने भनि६ हजार ५ सय अपर लिमिट कायम गरिएको बताइएको छ । मन्त्रालयको विज्ञ समूहले अघिल्लो वर्ष  शुल्क बढाउने सिफारिस गरेको थियो । जुन सिफारिसमा दुईथरी शुल्क प्रस्ताव गरिएको थियो । तर मन्त्री भण्डारीले ५ हजार ५ सयलाई पनि बढाएर समान बनाउने नाममा ६ हजार ५ सय पुर्याई निर्णय संसोधन गरेका हुन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!