दुई महिनादेखि साउदीमा अलपत्र परेका १९ नेपाली कामदार स्वदेश फर्किए

Posted on: 17 Jul, 2023

साउन १, काठमाडौँ | बैदेशिक रोजगारका लागि दुई महिना अघि साउदी अरब पुगेका १९  नेपाली  स्वदेश फर्किएका छन् | आकर्षक रोजगारीको प्रलोभन देखाएर नयाँ बानेश्वरस्थित ओशो रिक्रुटिङ एजेन्सी प्रालिमार्फत साउदी अरब पुर्याएर अलपत्र छोडेरका १९ नेपाली कामदार स्वदेश फर्किएका छन्। न रोजगारी न खान बस्न को सुविधा, सुन्दर भविश्य को सपना बोकेर नेपाली युवा जब साउदी पुगेका उनीहरु ५० डिग्रीको  जुलाईको तेजिलो घाममा खुल्ला आकाश मुनिको सुताई, दुई महिनासम्म अलपत्र परेपछि घरबाटै पैसा मगाएर स्वदेश फर्किएका हुन्।

ओशो म्यानपावरबाट करिब दुई महिना अघि साउदी अरब पुगेका उनीहरुलाई त्यहाँको कम्पनीले भित्र पस्न नदिई बाहिरै सडकमा छोडेर अलपत्र पारेको थियो। उनीहरुलाई समाजसेवी यम तमु र ग्लोबल आईएमई बैंकका जिसीसी प्रमुख तथा एनआरएनए साउदीका उपाध्यक्ष रामबहादुर क्षेत्रीको पहलमा उद्धार गरेर नेपाल पठाइएको हो।

उद्धारका लागि यहाँ पुग्दा उनीहरुले नेपालबाटै पैसा मगाएर हवाई टिकट काटेर तयारी अवस्था रहेको भेटेका थिए। समाजसेवी तमु र क्षेत्रीले खानाको व्यवस्था गरेर उनीहरुलाई हिजो राती १२:०० बजे यातायातको प्रबन्ध गरि एयरपोर्ट सम्मकोपुराएर उद्दार गरेका थिए।

दलाललाई मोटो रकम बुझाएर त्यहाँ पुगेर अलपत्र परेका १९ नेपाली युवालाई आफूहरुले नेपालमा गएर कानुनी लडाइँ लड्न सुझाव दिएको क्षेत्रीको भनाइ छ। चर्को शुल्क तिरेर साउदी ल्याएर अलपत्र परेका युवाले नेपाल फर्किए लगत्तै म्यानपावर कम्पनीविरुद्ध उजुरी दिने तयारी गरेका छन्।

साउदी अलपत्र अधिकांश नेपालीले रियादस्थित नेपाली दूतावासले समस्या नसुनेको गुनासो गरेका छन्।

दूतावासलाई पटक–पटक फोन गरेर आफूहरु समस्या परेको र उद्धार तथा सहयोग माग्न जानकारी गराए पनि वास्ता नगर्ने गरेको अलपत्र नेपालीको गुनासो छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!