बहराइनमा ४ महिनादेखि कोमामा रहेका एक नेपालीको उद्धार

Posted on: 15 Jul, 2023

असार ३०, काठमाडौँ | बहराइनमा ४ महिनादेखि बिरामी भई कोमामा रहेका एक नेपालीको उद्धार गरिएको छ । सुनसरी जिल्ला घर भई बहराइनमा कार्यरत रहेका दिनेश कुमार चौधरी १७ मार्च २०२३ देखि किङ हमाद युनिभर्सिटि हस्पिटलमा उपचाररत रहेका थिए | 

चौधरी लामो समयदेखि कोमामा रहेकाले उनलाई सम्बन्धित डाक्टरको सल्लाह तथा परिवारजनको चाहना र वैदेशिक रोजगार बोर्डको सचिवालयको सहयोगमा १४ जुलाई (शुक्रबार) का दिन  कुवेत एयरवेजको उडान मार्फत बहराइनबाट नेपाल पठाइएको हो । 

उनको साथमा उक्त हस्पिटलका तर्फबाट मेडिकल इस्कोर्टिङ स्पेसलिस्ट अब्दुल्लाह आमिर साथमा नेपाल पठाइएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । नेपालमा बोर्डमार्फत वीर अस्पतालमा थप उपचार हुने व्यवस्था मिलाइएको छ । उनको उपचारमा र  उद्धारमा सहयोगको लागि किङ हमाद युनिभर्सिटी हस्पिटलका डाक्टर नर्स तथा नेपाली समुदायका प्रतिनिधि लगायत सम्बन्धित सबैमा नेपाली राजदूतावासले हार्दिक धन्यवाद व्यक्त गरेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!