एअरपोर्टबाट फर्काइएका नौ जना श्रमिक आज उही कागजातमा कुवेत उडें

Posted on: 14 Jul, 2023

असार २९, काठमाडौँ । बुधबार बेलुका कागजात शंकास्पद भनि एअरपोर्टबाट फर्काइएका नौ जना श्रमिक आज उही कागजातमा कुवेत प्रस्थान गरेका छन् । 

उनिहरुको आजसम्म मात्र भिसाको अवधि भएको कारण म्यानपावरले बाध्य भई अर्कै टिकटमा पुन: प्रयास गर्दा अध्यागमनले रोजगारमा जान दिएको निलकमल एचआर म्यानपावरका संचालक जयराम भुर्तेलले साझा सबाल मिडियालाई जानकारी दिए । भुर्तेलका अनुसार नौ जना श्रमिक तिनै हुन् जसलाई बुधबार बेलुका शंकास्पद कागजात भन्दै अध्यागमनले कुवेत जान दिएको थिएन । आज बिहानको उडान मार्फत कुवेत जाने क्रममा रहेकाहरुमा ८ जना महिला र १ जना पुरुष रहेका छन् । 

अध्यागमन कार्यालयले गत बुधबार राति १०१ जना र बिहिबार बिहान १६ जना श्रमिकलाई वैदेशिक रोजगारमा जान रोकेको थियो । रोकिएकाहरु मध्ये अधिकांशलाई शंकास्पद कागजात भनिएको र केहीलाई बोर्डीङ लिन ढिलो गरेको कारण देखाईएको थियो । बैधानिक रुपमा सबै कानुनी प्रक्रिया पुरा गरेर वैदेशिक रोजगारमा पठाउने क्रममा श्रमिकहरुलाई अनावश्यक दु:ख दिईएको विषयमा आज दिउसो नेपाल वैदेशिक रोजगार व्यवसायी संघले पत्रकार सम्मेलन गर्दैछ ।  

सम्बन्धित समाचार पढ्नुहोस् 

'कुवेत जाने क्रममा एअरपोर्टमै रोकिएका ११७ जना युवाको टिकट अध्यागमनले तिर्नुपर्छ'

शंकाकै भरमा ठूलो संख्यामा नेपाली कामदारहरु विमानस्थलबाट फर्काइयो

यस बिषयमा तपाइको प्रतिक्रिया...!