माल्टा पठाईदिन्छु भनी लाखौं रकम ठगी गर्ने एक महिला पक्राउ

Posted on: 10 Jul, 2023

असार २५, काठमाडौँ | माल्टा पठाइदिन्छु भन्दै पाँच लाख पचासी हजार ठगी गरेको आरोपमा एक महिलालाई पक्राउ परेकी छन् ।

वैदेशिक रोजगारीको लागि संजय गिरीलाई माल्टा पठाईदिन्छु भन्दै, त्यसको लागि रु. ६ लाख रुपैयाँ लाग्छ, माल्टा पुगेपछि प्रतिष्ठित होटलमा काम लगाइदिन्छु मासिक रु. १ लाख भन्दाबढी तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितबाट पटकपटक गरी जम्मा रु. ५ लाख ८५ हजार रुपैयाँ रकम लिई सम्पर्क विहीन भई ठगी गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा गोरखा पालुङटार न.पा. वडा नं. ५ स्थाई घर भई हाल का.जि. तार्केश्वर न.पा. फुटुङ बस्दै आएकी २९ वर्षीय सुस्मा तामाङ रहेकी प्रहरीले बताए ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तारकेश्वर न.पा. फुटुङबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!