फ्रान्स पठाइदिन्छु भन्दै ६ लाख ठगी गरेको आरोपमा एक जना पक्राउ

Posted on: 07 Jul, 2023

असार २२, काठमाडौं | फ्रान्स पठाइदिन्छु भन्दै ६ लाख ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

वैदेशिक रोजगारीको लागि नुर लाक्पा शेर्पासहित तीन जनालाई १० लाख रुपैयाँमा फ्रान्स पठाइदिन्छु भन्दै ६ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा पाँचथरको हिलिहाङ गाउँपालिका–६ स्थायी घर भई हाल काठमाडौं महागनरपालिका–३२ कोटेश्वर बस्दै आएको ४२ वर्षीय प्रतावसिंह लोवा रहेका प्रहरीले बताए ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वानेश्वरबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!